बिर्तामोड, मंसिर ६ । बिर्तामोड नगरपालिका वडा नं २ को साबिक चारपाने गा.वि.स.वडा नं–२ देखि ९ सम्मका पुनः नाप नक्सा भएर हाल साविक गरिएका जग्गाहरुको भोलिदेखि जग्गा धनीपुर्जा वितरण गरिने भएको छ ।
२ नं नापी टोलीले पुनः नाप नक्सा कार्य सम्पन्न गरी हाल साविक गरेका जग्गाहरुको धनी पूर्जा वितरण गर्न लागिएको हो । भोलि दिउँसो १ बजे एक औपचारिक कार्यक्रम गरी जग्गा धनीपुर्जा वितरण कार्यक्रम शुरु गर्न लागिएको २ नं नापी टोलीका प्रमुख सरोजकुमार बि.के.ले जानकारी दिए । हालसम्म दर्ता प्रक्रियाबाट जग्गा धनीपुर्जा र श्रेस्ता बनाउने काम भइरहेको र २ नं नापी टोलीबाट बनिसकेका धनीपुर्जा बितरण गरिने उनले जानकारी दिए ।
बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौड्यालले २ नं नापी टोली बिर्तामोडमा सम्पर्क राखेर धनीपुर्जा लिन आग्रह गरेका छन् । भाटभटेनी उत्तर पञ्चकन्या प्लटिङमा कार्यालय खोलेर २ नं नापी टोलीले धमाधम कार्य गरिरहेको छ ।