झापा , मंसिर ७ । भन्सार छलेर अवैध रुपमा भित्र्याएको कपडा प्रहरीले बिर्तामोडमा बरामद गरेको छ ।

हिजो दिउँसो ३ बजे बिर्तामोड– ५ को इलाम स्टेन्डनजिक अन्दाजी मूल्य १ लाख ७१ हजार बराबरको ३ बोरा कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । बरामद गरिएका महिला र जाडोको कपडा मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको उनले जानकारी दिएका छन् ।

यसअघि गत साता भन्सार छलेर ल्याएको अढाई लाख मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बिर्तामोड– ५ को महानन्द चोकमा बरामद गरेको थियो । मेची भन्सार कार्यालय काँकरभिट्टा सुनसान बन्दै गर्दा अवैध रुपमा भारतबाट सामान भित्र्याउने क्रम बढेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्