झापा, मंसिर ७ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

गएराति होटलको तीनतलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

होटलको तेस्रो तलामा प्रहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले उनीहरूलाई पकाउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको डीएसपी भण्डारीले बताए। पक्राउ पर्नेमा होटल संचालक नविन पुरी, इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी–१७ का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका–१ का ३० वर्षीय सुबास राई, बराहक्षेत्र–८ का खडगबहादुर बिष्ट र रामधुनी नगरपालिका–५ का ४६ वर्षीय गौरीशंकर रहेको डीएसपी भण्डारीले बताए।

पक्राउ परेका जीवन कार्की र खडगबहादुर बिष्ट पेशेवर जुवाडे रहेको प्रहरीले जनाएको छ। दुबैजना गत भाइटिकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय नगद र ८ बुङ तास बरामद गरिएको छ। पक्राउ परेक विरुद्ध आजै म्याद थप गरी घटनाको अनुसन्धान थालिने डीएसपी भण्डारीले बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्