झापा,मंसिर ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

शंकास्पद वस्तुलाई अरिदमन गणबाट सह–सेनानी शैलेश मल्लको कमाण्डमा १÷८ को नफ्री (BD टिम सहित) ले आज दिउँसो २ः१४ बजे डिस्पोज गरेको हो । उक्त शंकास्पद वस्तुभित्र बालुवा, काटीका टुक्राहरु भेटिएको गणका एक सुरक्षा अधिकारीले बताए । कुनै पनि बिष्फोटक पदार्थ नभेटिएको र उक्त वस्तु होक्स रहेको ती अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्