मेचीनगर, मंसिर १३ । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चार महिनामा काँकरभिट्टा नाका हुँदै फलफूल तथा फलफूल जुसको आयातमा १५ प्रतिशतले कमी भएको छ ।
गत आवको चार महिनामा काँकरभिट्टा नाका भएर १२ करोड २५ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको फलफूल तथा फलफूलको जुस आयात भएकोमा चालु आवको सोही अवधिमा फलफूल आयात घटेर १० करोड ३६ लाख ७४ हजार रुपैयाँको पुगेको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनसार गत आवको पहिलो चार महिनाको अवधिमा १ करोड ८८ लाख ६७ हजार रुपैयाँले फलफूल तथा फलफूलको जुस आयातमा कमी आएको हो ।
यो नाका भएर स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल विदेशबाट आयात हुने गरेको छ ।