झापा, मंसिर १६ । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत झापाको कन्काई–६ मा वडाध्यक्ष पदको लागि मतदान भइरहेको छ ।
बिहान ११ बजेसम्म पुरुष २६७ र महिला २६० गरी ५ सय २७ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । २ हजार ५८ मतदाता रहेको उक्त वडामा राजनीतिक दलका ८ र स्वतन्त्र १ गरि ९ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका पदका लागि एक मतदान स्थल र २ वटा केन्द्रमा बिहानको समयमा चिसो भएका कारण मतदान स्थलमा मतदाताको संख्या न्यून देखिएपनि अब मतदाताको उपस्थिति बढ्दै गएको छ ।