झापा, मंसिर १६ । कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीको जित सुनिश्चित भएको छ ।
हालसम्म १००२ मत गन्दा ओलीले ९४ मतले अग्रता लिएका छन् । स्वतन्त्र उम्मेद्वार ओलीले ३२६ मत ल्याउँदा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले २३२ , नेपाली कांग्रेसका रामगोपाल ओलीले २१८, माओवादी केन्द्रका गणेशबहादुर थापाले १७५ र राप्रपाका नारायण निरौलाले १७ मत पाएका छन् ।
झापा जिल्ला कन्काई न.पा.–६ वडाध्यक्ष पदको मतगणनाको परिणाम
कुल खसेको मत = १५१३
गणना मत = १००२ मत गन्दा
१) गणेशबहादुर थापा – नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हसिया हथौडा) = १७५
२) जमुना राजबंशी – नागरिक उन्मुक्ति पार्टी (पिँध भएको सादा ढकिया) = ३
३) तुलाराम बस्नेत – नेकपा एमाले ( सूर्य) = २३२
४) दलबहादुर श्रेष्ठ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ( दापसहितको खुकुरी) = २
५) नारायणप्रसाद निरौला – राप्रपा (हलो) = १७
६) पदमबहादुर तामाङ – मंगोल नेशनल अर्गनाइजेसन ( कुखुराको भाले) = १५
७) रामगोपाल ओली – नेपाली कांग्रेस (रुख) = २१८
८) लक्ष्मीप्रसाद ओली – स्वतन्त्र (चापाकल) = ३२६
९) शुकलाल राजबंशी – जनमत पार्टी ( लाउड स्पीकर) = ८