झापा, मंसिर १७ । झापामा दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुईजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको हो ।

मंसिर १४ गते साँझ ५.१५ बजे शिवसताक्षी नगरपालिका वडा न.५ स्थित भित्री सडकखण्डमा शिवगञ्जबाट भेलामुनितर्फ जाँदैं गरेको मे ३ प ४६०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही ठाउँ बस्ने ६६ वर्षीय दरपलाल राजबंशीलाई ठक्कर दिएको थियो । घाइतेलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोडमा थप उपचार भइरहेकोमा आज दिउँसो ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मंसिर ४ गते राति अन्दाजी ८ः१० बजे कमल गाउँपालिका वडा नं.५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा मे.१० प.१४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलमा पछाडी सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए । दुबै जनालाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा मंसिर १६ गते दुबै जना डिस्चार्ज भई घर आएका थिए । घाइते नितेश राई आज पुनः बिरामी भई उनलाई उपचारको लागि बिहान १०ः३० बजे न्युरो अस्पताल बिराटनगर पु¥याएकोमा उपचारको क्रममा बिहान १०ः४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै झापामा साइकलबाट लडेर घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ । मंसिर ११ गते हल्दिबारी गाउँपालिका वडा नं.५ बस्ने ४४ वर्षीय नबिन राईले मादक पदार्थ सेवन गरी साइकल चलाउँदा नालीमा लडेर उनी घाइते भएका थिए । उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा प्रारम्भिक उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेकोमा आज बिहान ११ः४५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्