झापा, मंसिर १८ । झापा बिर्तामोडका एक युवकले धारिलो हतियार खुकुरीले आफ्नै घाँटी रेटेका छन् ।

गएराति ११ बजे बिर्तामोड–२ बस्ने २७ वर्षीय सुमन थारुले खुकुरीले आफ्नै घाँटी रेटेका हुन् । गंभीर अबस्थाका थारुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनले घाँटी रेटेर आत्महत्या प्रयास गर्नुको कारण खुलिनसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्