झापा , मंसिर १९ । झापाको गौरादहमा आगलागी हुँदा ६ वटा चौपाया जलेर मर्नुका साथै १५ लाखबराबरको क्षति भएको छ ।
गएराति ११.४५ बजे गौरादह नगरपालिका वडा न.४ डोरामारी बस्ने खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वालीमा भएका खसी एउटा, माउबाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी जलेर मरेका छन् ।
त्यस्तै एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएका प्रहरी, गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १२.४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।