झापा, मंसिर २१ । झापा गाउँपालिकाको भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट दुईजना गंभीर घाइते भएका छन् ।

आज साँझ ६ बजे झापा गाउँपालिका वडा नं ३ को कामाटोलीस्थित भित्री कच्ची सडकखण्डमा कामाटोली बजारबाट गैरीगाउँतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ४०४७ न को मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे १ त ६०६२ न को ट्रयाक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने अन्दाजी ३४ वर्षीय सिताराम पौडेल र मोटरसाइकलमा पछाडि सवार १६ वर्षीया पेरिषा खतिवडा गंभीर घाइते भएका छन् ।

घाइते दुवैको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रयाक्टर चालक फरार भएका छन् भने ट्रयाक्टर र मोटरसाइकल प्रहरी चौकी टाघनडुब्बाको नियन्त्रणमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्