दमक, मंसिर २१ । झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइर्टी कमल उपशाखाले विभिन्न कार्यक्रम गरी शुक्रवार आफ्नो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कमल गाउँपालिका वडा न. ५ मंगलवारेस्थित रेडक्रसको आफ्नै सभाहलमा उपशाखाले सम्मानलगायतका कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो ।
सभामा रेडक्रसले पालिकाभित्रका विद्यालयस्तरमा गठन गरेको युवा रेडक्रस सर्कलहरुमध्ये उत्कृष्ट हुने सामुदायिक विद्यालयतर्फ कमल २ को मदनआश्रित स्मृति मावि र संस्थागततर्पm कमल ५ को स्मारिका सामुदायिक बोर्डिङ स्कूललाई प्रशंसापत्र प्रदान गरेको थियो ।
यसैगरी रेडक्रसको संस्थागत हितमा उल्लेखनीय योगदान पु¥याएको भन्दै कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्लेलाई सम्मान गरिएको थियो ।
ती प्रशंसासहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल, विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साहलगायतले प्रदान गरेका थिए ।
उपशाखाकी उपसभापति चन्द्रकला भण्डारीले स्वागत मन्तव्य राखेको सभामा रेडक्रस कमल उपाशाखाका सचिव पारसमणि राईले बार्षिक प्रतिवेदन ,कोषाध्यक्ष प्रमोदकुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही सभाको बन्दसत्रले दुवै प्रतिवेदनलाई सुझावसहित पारित गरेको उपशाखाका उपसचिव विष्णु सुब्बाले बताए ।
उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको सभामा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, रेडक्रसका सल्लाहकार दिपेनवाला राई,कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडक्रस कमल उपशाखाको विविध गतिविधिका बिषयमा आफनो विचार राखेका थिए । उपशाखाअन्तर्गत हाल ३ सय बढी आजीवन ,विशिष्ट,यशस्कर सदस्यहरु रहेको बताईएको छ ।
ल्यावका लागि दाहाल परिवारबाट सहयोग
रेडक्रस उपशाखाका पूर्व सल्लाहकार संयोजक स्व. पूर्णानन्द शर्मा र उनकी धर्मपत्नी स्व. रमा शर्मा दाहालको स्मृतिमा उनका परिवारले रेडक्रसलाई मासिक १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
रेडक्रस कमल उपशाखाले ज्येष्ठ समुदायलाई लक्षित गरी आफै ल्याव सञ्चालनको प्रकृया अघि बढाइरहेकाले त्यसमा सघाउ पु¥याउन दाहाल परिवारले उक्त घोषणा गरेका हुन्् । रगत तथा पिसावको जाँच परीक्षण गर्न रेडक्रसले ल्याव (प्रयोगशाला ) स्थापना गर्न प्रकृया थालेको सभापति साहले बताए । रेडक्रसकै कार्यालयमा ल्याव सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जनाए ।
कमल ५ निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व शर्माको गत वर्ष ८५ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारका पुत्र प्रमोदकुमार दाहाल रेडक्रस उपशाखाका कोषाध्यक्ष हुन् । पिताजीको सोच र विचारलाई पूरा गर्न आफूहरुले सो सहयोग गर्ने कोषाध्यक्षसमेत रहेका दाहालले बताएका छन् ।