झापा , मंसिर २४ । आफैले काटेको रुखको हाँगाले लागेर इलाममा एकजनाको मृत्यु भएको छ ।

इलाम देउमाई नगरपालिका– ९ जितपुर सुङ्गुरेडाँडा बस्ने अन्दाजी ४९ वर्षीय तुलसी जबेगूको आफैले काटेको रुखको हाँगाले लागेर मृत्यु भएको हो । हिजो बिहान करिव ११ः३० बजे जबेगूले रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगा खसेर उनको ढाडमा लागेको थियो ।
घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४.५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।