झापा, मंसिर २४ । करेन्ट लागेर मोरङको सुनवर्षी नगरपालिका–४ चैतामा एक महिलाको मृत्यु भएको छ ।
हिजो साँझ घरमा लगाएको टिनको पाता निकाल्ने क्रममा अचानक करेन्ट लागेर ३५ बर्षीया रेखादेवी सिंहको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पु¥याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।