झापा, मंसिर २४ । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्