झापा,मंसिर २७ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अवधि बढाउने भएको छ।
आगामी माघबाट विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन गरिने प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
’फेब्रुअरी १ देखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म खुलाउने तयारी भएको छ,’ उनले भने, ’बिहान र राति एक÷एक घन्टा सञ्चालनको समय बढाएका हौं।’
गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारको काम गरिरहेको छ।
आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ’ट्याक्सी वे’, उत्तरतर्फको ’इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ’ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको हो।
अहिले सयभन्दा बढी जनशक्ति परिचालन भइरहेको छ। हालसम्म २२ प्रतिशत काम सम्पन्न भएको आयोजनाका निर्देशक श्रेष्ठले बताए।
अहिले दक्षिण पश्चिमतर्फ प्यारलाल ट्याक्सी वे पूर्वतिर ह्याङगर डेभलपमेन्ट र उत्तर दक्षिणतर्फ इन्टरनेसनल एप्रोन र ट्याक्सी वेको काम भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्