झापा, मंसिर २७ । हल्दिवारी गाउँपालिकाको ३ नं वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुले ब्याग वितरण गर्न थालेको छ ।

वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा–१ देखि ५ सम्मका विद्यार्थीलाई स्कुले ब्याग वितरण गर्न थालेको हो । आज पहिलो दिन एक कार्यक्रम आयोजना गरी पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुले ब्याग वितरण गरिएको छ ।

पञ्चायत माविकी बाल क्लब अध्यक्ष प्रतिमा लिम्बूको अध्यक्षता तथा वडा अध्यक्ष बिष्णुप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी गंगा विश्वकर्माले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु अजितकुमार बिष्ट ,कर्ण भण्डारी , बिष्णुमाया ढुङ्गेल, शिक्षक शिक्षिका , विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन अभिषेक खतिवडाले गरेका थिए । भोलि रामेश्वर प्राथमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयमा स्कुले ब्याग वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्