झापा , मंसिर २८ । पाँचथरको आरुबोटेबाट झापाको दमकतर्फ आउँदै गरेको ट्याक्सी आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

आज मध्यान्ह पाँचथर मिक्लाजुङ– ४,कोक्नेबुङस्थित आरूवोटे –पञ्चमी भित्री सडकखण्डमा आरूबोटेबाट दमकतर्फ आउँदै गरेको प्र. १–००३–०१ ज.००३४ नं.को ट्याक्सी आफै अनियन्त्रित भई बाटोबाट करिव सय मिटर तल झरेर दुर्घटना भएको हो । उक्त ट्याक्सीमा चालकसहित १० जना सवारमध्ये ८ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि को.१ ज ३२७४ नं. को ट्याक्सीमा दमकतर्फ ल्याइएको छ ।

घाइते हुनेहरुमा मिक्लाजुङ ३ आरूवोटे बस्ने ५१ वर्षीया धनमाया लिम्बू ,संखुवासभा मादी ९ बस्ने २२ वर्षीया रूपा राई , मिक्लाजुङ ३ आरूबोटे बस्ने २१ वर्षीय विरेन्द्र कुरूम्बाङ , संखुवासभा मादी ९ बस्ने २२ वर्षीय चतुरसिंह लिम्बू , सोही ठाउँ वस्ने २७ वर्षीय भरत लिम्बू , ३५ वर्षीय भिमबहादुर लिम्बू , पाँचथर फालेलुङ घर भई हाल दमक २ भाङबारी वस्ने ३१ वर्षीय दिपेश राई र . मिक्लाजुङ घर भई हाल दमक २ भाङबारी बस्ने ४८ वर्षीय भक्तबहादुर लावती रहेका छन् ।

ट्याक्सी चालक पाँचथर मिक्लाजुङ ३ आरूबोटे बस्ने २१ वर्षीय सुशिल फियाक घाइतेहरुको उपचारमा संलग्न रहेको र गाडी घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्