झापा,मंसिर २९ । मोरङको बेलबारी नगरपालिका–४ स्थितमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मंसिर २८ गते साँझ मोरङको बेलबारी नगरपालिका–४ पुर्व पश्चिम लोकमार्गमा स्थितमा को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिंदा घाईते भएका पैदलयात्री बेलबारी –४ का ६५ बर्षीय लक्षुराम राईको उपचारको लागी कोशी अस्पताल बिराटनगर पु¥याउनसाथ मृत्यु भएको थियो भने चालक मोरङ बेलबारी नगरपालिका–५ का ४२ बर्षीय सुर्य बहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्