झापा, मंसिर ३० । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यरुपमा मनाउन नेपाली सेनासंग सहकार्य गरेका झापा जिल्लामा रहेका विद्यालयहरुलाई सहभागी गराई आजदेखि फुटबल , भलिवल,हाजिरी जवाफ , कविता, वक्तृत्वकला ,चित्रकलालगायतका प्रतियोगिता संचालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् । प्रतियोगितामा झापा मोडल , एरा एभरग्रीन, टावर टेम्पल ,इस्ट होराइजन र स्वस्तिका शिशु सदनका विद्यार्थीहरु सहभागी छन् ।

आज टावर टेम्पल र झापा मोडेलबीच छात्र फुटवल,टावर टेम्पल र एराा एभरग्रीनबीच छात्रा भलिवल ,ईष्ट होराईजन र एरा एभरग्रीनबीच छात्र भलिवलका साथै हाजिरी जवाफ र पृथ्वीनारायण शाहको जीवनीमा आधारित वक्तृत्वकला प्रतियोगिता भएको थियो । भोलि कविता र चित्रकला प्रतियोगिता संचालन गरिने प्रमुख सेनानी बस्न्यातले जानकारी दिए । प्रतियोगिताको समापन पुष २ गते हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्