बिर्तामोड , पुष १ । नगर अधिवेशन शुरु भएको दुई सातापछि बल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर समितिको नेतृत्वमा सहमति जुटेको छ ।

समन्वय समितिले लामो पहल गरी नगर अध्यक्षमा लक्ष्मी गौतमलाई सर्वसम्मत चयन गराएको हो । गत मंसिर १६ गते शुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि ६ जनाले दावी गरेका थिए । सर्वसम्मत अध्यक्ष चयन गर्न समन्वय समिति बनेको थियो । गौतम यसअघि नगर सचिव थिए ।
गौतमको अध्यक्षतामा २२ सदस्यीय नगर समिति घोषणा गरी आज पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । नगर सदस्यहरुमा रामलोचन न्यौपाने ,शंकर रिजाल, गोपाल गुरुङ, राजकुमार प्रसाईं ,हरि बराल,बिष्णु गिरी , जीवन कार्की,गोबिन्द पाठक ,पुण्यबहादुर बस्नेत, हेमराज खनाल ,महिला सदस्यमा दुर्गा खतिवडा ,सुमित्रा गजमेर,कुसुम राई,रुथमाया बिश्वकर्मा,गंगा दुलाललगायत रहेको निवर्तमान अध्यक्ष रन्जु प्याकुरलले जानकारी दिइन् ।
नगर अधिबेशन समन्वय समितिकी अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षता तथा केन्द्रीय सदस्य सूर्यनारायण गणेशको प्रमुख आतिथ्यतामा पार्टीका कोशी प्रदेश सचिब कुमार भट्टराई ,जिल्ला अध्यक्ष केशबप्रसाद ओझालगायतको उपस्थितिमा पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम भएको थियो ।