झापा,पुष ३ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मा आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्को एकजना घाइते भएका छन्।
पानी तान्ने मोटरबाट करेन्ट लागेर देवानगञ्ज ४ का ३८ वर्षीय राजा मेहताको मृत्यु भएको र उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका हुन् ।
करेन्ट लागेर बेहोस भएका राजा मेहतालाई कोशी अस्पताल विराटनगर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो। मृतकका छोरा करण मेहताको उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलाय देवागनञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्