बिर्तामोड , पुष ३ । झापाको बिर्तामोड– १ स्थित हनुमान मन्दिर समितिको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मन्दिर समितिका अध्यक्ष नवीन सापकोटाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डे, संस्थापक अध्यक्ष शान्तिदेवी थापा , संस्थापक सचिव कमला अधिकारी, निवर्तमान अध्यक्ष एवं चिरपरिचित भजन गायिका मिरा कडरिया, टेकबहादुर अधिकारीलगायतले सम्बोधन गरेका थिए ।

सापकोटाले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन निलम घिमिरे ओझाले प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तुलसीराम खरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव गीता खरेल पकवालले गरेकी थिइन् ।

२०७३ सालमा स्थापना गरिएको उक्त मन्दिर जग्गादाता टुङ्गबहादुर बस्नेतले प्रदान गरेको १४ धुर जमिनमा रहेको छ ।बिर्तामोड– १ हनुमान नगरमा रहेको उक्त मन्दिर परिसरमा जेष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन बनाउने लक्ष्य रहेको सल्लाहकार समिति संयोजक पण्डित प्रकाशचन्द्र रिजालले बताए । मन्दिरले सामाजिक एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको स्थानीय बुद्धिजीवी विजयकुमार बुढाथोकीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्