बिर्तामोड, पुष ५। अग्रसेन भवन बिर्तामोडको २५ औं वार्षिक उत्सवअन्तर्गत प्रेरणादायक वक्ता, आध्यात्मिक उपचारक मोनिका सिंघलको मानव जीवनमा उत्प्रेरणा अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।

अग्रसेन भवन कार्यसमितिले सहजीकरण गरेको कार्यक्रममा मारवाडी समुदायका ११ वटा सामाजिक संघ संस्थाहरूले समारोहको व्यवस्थापन गरेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी महिला संगठन, केन्द्रीय अध्यक्ष निर्मला जोशी, नेपाल राष्ट्रिय मारवाडी परिषदका सचिव उमेश डालमिया, मारवाडी सेवा समिति बिर्तामोडका संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल र अग्रसेन भवन बिर्तामोडका संस्थापक अध्यक्ष सुरेश वंशलसहित सहभागीहरुले स्वागतद्वारमा मोनिका सिंघलको स्वागत गरेका थिए ।

अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले व्यक्तित्व परिचयसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मितल, अग्रसेन भवनका उपाध्यक्ष रमेश अग्रवाल, सचिव दिपेन्द्र मितल, महिला मंच अध्यक्ष निलम अग्रवाल,युवा मंच अध्यक्ष रिषभ मितल, युवती मंच संयोजक रिचा मंगल, नेपाल अग्रवाल महिला मंच अध्यक्ष दिपा खेडिया,माहेश्वरी समाज अध्यक्ष महेश चितलांगिया, माहेश्वरी महिला मंचबाट सुधा तोषनीवाल, ब्राम्हण समाजबाट सत्यनारायण शर्मा, जैन समाजका राजीव जैनबाट नेपाली कलाकृति सामग्रीबाट ,जीवन प्रदर्शक मोनिका सिंघलको भव्य स्वागत सम्मान गरिएको थियो।

मारवाडी महिला मंच भद्रपुरकी अर्चना मितलको सानिध्यतामा लगभग ३ घन्टासम्म संचालन भएको सेसनमा गुरुमाताबाट पारस्परिक प्रेम, सद्भाव र सहयोगी भावनाको विकास, पारिवारिक सम्बन्धमा मधुरता, प्राकृतिक श्रोत साधनका फाईदाहरू ,मनुष्यको दिनचर्या, मनःस्थितिबाट स्वास्थ्य स्थितिमा सुधारका उपायहरू र मानसिक शान्तिका उपायहरू प्रस्तुत भएको थियो।

मारवाडी युवती मंच संयोजक रिचा मंगलले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन महिला मंच अध्यक्ष निलम अग्रवाल गरेकी थिइन्। स्रोतावर्गको स्वागत , नेपाल अग्रवाल महिला मंचबाट परम्परागत रुपमा भएको कार्यक्रममा अन्य समुदायको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्