झापा,पुष ५ । कोशी प्रदेश सरकारले आउँदो माघ ११ गतेदेखि पहिलो पटक प्रदेशस्तरमा लगानी सम्मेलन गर्दैछ । उक्त सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने भएको छ । लगानी प्राधिकरणका सीईओ डाक्टर सरोज कोइरालाले प्रदेश सभाको सुशासन तथा योजना समितिमा प्रस्तुत गरेको पावर पोइन्ट प्रस्तुतिमा जनाइए अनुसार ती ३७ आयोजनाको लागत एक खर्ब चार अर्ब ८५ करोड रुपैयाँ छ ।
सोकेसमा राख्न लागिएका आयोजनामा अहिले सरकारले निर्माण गरिरहेको कोशी रिफ्रेसमेन्ट सेन्टरदेखि नाम नसुनिएका तर आकर्षक लाग्ने योजना पनि छन् । प्रस्तुत गरिएको विवरण अनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् ।
यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्