झापा,पुष ५ । ऋण असुली प्रक्रिया रोक्न जिल्ला अदालतमा मुद्धा हाल्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विपक्षमा फैसला आएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासले बैंकहरुविरुद्ध हालेको रिट मंगलवार खारेज गरिदिएको हो । पूर्वाञ्चल क्यान्सर हस्पिटलको नाममा विभिन्न चारवटा बैंक र वित्तीय संस्थाको ऋण प्रसाईंले तिरेका छैनन् । बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको हो । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।

मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरिदिएको हो । गत वर्ष झापा जिल्ला अदालतले भने बीएण्डसी अस्पताल मेडिकल कलेज सञ्चालनमा आएपछि मात्र ऋण तिर्न सम्बन्धित बैंकलाई आदेश दिएको थियो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् । रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलामसमेत गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्