झापा,पुष ६ । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । उपमहासचिव उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।
कोशी प्रदेशमा सहइन्चार्ज ९ जनालाई बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्