कुमरखोद, पुष ६ ।झापा गाउँपालिकाको दुईवटा विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शुक्रवार भएको शिविरमा दुई विद्यालयका ४ सय जना विद्यार्थीहरुले आँखा परीक्षण गराएका थिए ।
झापा गाउँपालिका वडा नं २ मा रहेको कुवाडी देवी माविका २४० जना र सनसाईन एकडेमी अंग्रेजी विद्यालयका १६० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो ।आँखा परीक्षणका क्रममा एक जना विद्यार्थीमा मोतियाविन्दुको समस्या देखिएको थियो । शिविरमा ५ जना विद्यार्थीलाई चस्मा बितरण गरिएको थियो भने १२ जनालाई रिफर गरिएको छ ।

रिफर गरिएका विद्यार्थीहरुमा औषधी राखेर चस्मा जाँच गर्नुपर्ने , आँखामा मांशपेसीको समस्या , उच्च पावर भएको , अल्छी आँखा , दृष्टि दोषलगायतका समस्या देखिएको झापा जेसीजका अध्यक्ष डा. मुकेश शाहले बताए ।

रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना र झापा गाउँपालिका जेसीजको सहकार्यमा शिविर संचालन गरिएको थियो । शिविरमा प्राविधिक सहयोग मेची आँँखा अस्पताल बिर्तामोडले गरेको थियो भने आर्थिक सहयोग आई केयर फाउण्डेसन काठमाण्डौको रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्