झापा,पुष ७ । टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर ज्यान गुमाएका शिक्षिका र छात्राको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मोरङ बिराटनगर घर भई स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको हिजो अपरान्ह घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोस्टमार्टम गरी आज परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

हिजो शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपरान्ह टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । अपरान्ह २.३० बजे घुम्न गएका ६ जनामध्ये ३ जनाले सोही खोलामा टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्