झापा, पुष ७ । विगत केही वर्षदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सक्रिय राजनीति गरिरहेका बिर्तामोडका जनक खड्काले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन् ।
उनले आज नगर अध्यक्ष लक्ष्मी गौतमलाई राजीनामा पत्र पठाएका हुन् । पार्टीभित्र काम गर्ने कार्यकर्तामाथि गरिएको भेदभावपूर्ण व्यवहार र केही नेताहरुको एकल मनोभावनात्य सामन्ती प्रवृत्तिबाट आजित भएर पार्टीमा रही पूर्ववत अवस्थामा काम गर्न असमर्थ भएको भन्दै आजैको मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उनले राजनीनामा पत्रमा उल्लेख गरेका छन् । पार्टीको बिर्तामोड १ नं वडा कमिटीको अध्यक्ष रहेका खड्का नगर सदस्य भएका थिए । उनले नगर अधिवेशनमा अध्यक्षको दावेदारी प्रस्तुत गरेका थिए ।