झापा,पुष ८ । शक्ति समूहकी संस्थापक सुनीता दनुवारको सोमबार निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा घरमै सुतेकै अवस्थामा हृदयघातका कारण निधन भएको उनका पति नृप दनुवारले जानकारी दिए । मानव बेचबिखनविरुद्धको अभियानमा उनी सक्रिय थिइन् ।
मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।