झापा,पुष ८ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर कार्यक्रमका लागि सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन पढाइ हुने भएको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक दिपकबहादुर अधिकारीले यसबारे जानकारी दिएका हुन्।
सन् २०२१ मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको थियो।त्यसैमा अब सार्वजनिक नीतिको शिक्षा पनि प्रदान गर्न लागेको कार्यक्रम संयोजक अधिकारीले बताए।
‘यो कार्यक्रम ती विद्यार्थीहरूका लागि विशेषतः डिजाइन गरिएको हो, जो भ्रष्टाचारका ठूला चुनौतीहरू सामना गर्दै समाजमा अर्थपूर्ण परिवर्तन ल्याउने अभियानमा समर्पित छन्,’ उनले भने, ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन एक नवीन र अत्याधुनिक शैक्षिक कार्यक्रम हो। जसले सार्वजनिक नीति, सुशासन, र सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार विरोधी ज्ञान तथा सीपको दायरा बढाउन विशेष ध्यान दिएको छ।’
यो कार्यक्रम कीर्तिपुरमा सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिन पाउने अधिकारीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्