झापा, पुष १० । हिजो साँझ भद्रपुरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।

साँझ ६.४५ बजे भद्रपुर नगरपालिका वडा न.१० छाता चोकस्थित चन्द्रगढी– चारआली सडकखण्डमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ ह २५६३ नम्वरको अटो घोडामारातर्फ मोड्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१ –०१६ प ९९४८ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा न.७ बस्ने २९ वर्षीय संसाद आलम र सोही मोटरसाइकलमा पछाडी सवार ३२ वर्षीय मोहमद सदाम घाइते भएका छन् । उनीहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।दुबैको अवस्था गम्भीर रहेको बताइएको छ । अटो चालक मेचीनगर नगरपालिका वडा न.६ बस्ने ५९ वर्षीय ज्ञानबहादुर राई सामान्य घाइते भएका छन् । मोटरसाइकल र अटो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्