झापा, पुष १० । सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
जिल्लामा साधारण स्वास्थ्य बिमा पाँच लाख १७ हजार ७७० जना, ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा बिमा गरिएको समेत गरी पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
त्यसैगरी एमआरटिभीका बिरामी ७१ जनाको परिवार २४४, कुष्ट रोगी ३० जना परिवारका १११ जना, एचआईभी एड्स सङ्क्रमिण ७१६ जनाका परिवारका एक हजार ४८ जना, पूर्ण अशक्त अपाङ्गता भएका एक हजार २४३ जनाका परिवारका ६ हजार २२७ जना र ९६५ जना महिला स्वास्थ्य स्वयंसेविका परिवारका पाँच हजार ३७९ सहितको परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालय सुनसरीका दर्ता अधिकारी मनोज काफ्ले जानकारी दिए ।
यहाँ ७० वर्ष उमेर बढीका ज्येष्ठ नागरिकका लागि पनि निःशुल्क बिमा कार्यक्रम छ । जिल्लामा ४४ हजार ४३४ जनाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई सेवा लिइरहेको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्