बिर्तामोड, पुष ११ । बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ पुष ९ गतेदेखि आयोजित प्रतियोगितामा बिर्तामोड ३ को महेन्द्र रत्न मावि प्रथम भएको हो । यस्तै निदि मावि बिर्तामोड २ द्वितीय र महेन्द्रज्योति मावि बिर्तामोड १० तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम महेन्द्र रत्नले ११ स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । यस्तै द्वितीय भएको निदि माविले १० स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गरेको छ । यस्तै तृतीय भएको महेन्द्र ज्योतिले १० स्वर्ण र ३ रजत प्राप्त गरेको छ ।

प्रथम,द्वितीय र तृतीयले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद , शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
छात्रतर्फको भलिबल खेलमा निदि स्कुल प्रथम, देवी मावि दोस्रो र न्यूटन्स तेस्रो भएका छन् ।

त्यस्तै छात्रातर्फको भलिवलमा निदि मावि प्रथम, बाल्मीकि विद्यालय द्वितीय र टावर टेम्पल तृतीय भएका छन् । कराँते विद्यामा २ स्वर्ण, ४ रजतसहित महेन्द्र रत्न प्रथम, १ स्वर्ण, २ रजतसहित कनकाई द्वितीय र १ स्वर्ण, ४ कास्यसहित कञ्चनजंघा स्कुल तृतीय भएका छन् ।

यस्तै तेक्वान्दोतर्फ ३ स्वर्ण, २ रजत र ५ कास्यसहित देवी मावि प्रथम, २ स्वर्ण, १ रजत ३ कास्यसहित टावर टेम्पल दोस्रो र २ स्वर्ण, १ रजत, १ कास्यसहित न्यूटन्स एजुकेशन तेस्रो भएका छन् । यस्तै उसुतर्फ ६ स्वर्णसहित निदि प्रथम ,२ स्वर्णसहित ग्लोरी दोस्रो र २ स्वर्ण, १ रजतसहित कञ्चनजंघा तृतीय भएका छन् ।

यस्तै एथलेटिक्सतर्फ महेन्द्र ज्योति मावि १० स्वर्णसहित प्रथम,महेन्द्र रत्न मा.वि. ७ स्वर्णसहित द्वितीय र देवी मा.वि. ३ स्वर्णसहित तृतीय भएका छन् । कवड्डी छात्रतर्फ महेन्द्र मावि प्रथम, कञ्चनजंघा द्वितीय र सरस्वती तृतीय भएका छन् । कवड्डी छात्रातर्फ दुर्गा मावि प्रथम, कञ्चनजंघा द्वितीय र देवी मावि तृतीय भएका छन् ।

विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्