हल्दिबारी, पुष । हल्दिबारीको भेलागुरी सहिद स्मृति लोकतान्त्रिक पार्कमा बिहीवारबाट दोस्रो भेलागुरी महोत्सव सुरु भएको छ ।
एक औपचारिक कार्यक्रमका बिच भेलागुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले महोत्सवको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मण्डल , पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी , कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल , हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन , हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), हल्दिबारी वडा नं–२ वडा अध्यक्ष सुकलाल राजवंशीलगायतले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
महोत्सव आयोजना गर्नुको उद्धेश्यमाथि वन समूहका अध्यक्ष लम्सालले प्रकाश पारेका थिए । वन समूहकी उपाध्यक्ष भिमादेवी लम्सालले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव खकेन राजवंशीले गरेका थिए ।