अर्जुनधारा ,पुष १२ । रोटरी क्लब अफ बिर्तामोडको मुख्य आयोजनामा अर्जुनधारा –९ बाह्रघरेस्थित श्री आधारभूत विद्यालयमा वृहत आँखा शिविर सम्पन्न गरी सयभन्दा बढी विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिएको छ।

क्लबका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षता तथा अर्जुनधारा ९ का वडा अध्यक्ष भिष्मप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सो शिविरको शुभारम्भ बाह्रघरे आमा समूहको स्वस्तीवाचनबाट भएको थियो । शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको क्लबका सेक्रेटरी डा सन्ध्या राठीले जानकारी दिइन् । क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले स्वागत गरेको कार्यक्रम बाह्रघरे आमा समूह र श्री आधारभूत विद्यालयको सहयोगमा सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेश योञ्जनले विद्यालयमा रहेका समस्याबारे अवगत गराएका थिए भने प्रधानाध्यापक सुजाता शिवाकोटीले शिविर आयोजक परिवारलाई धन्यवादसहित आफ्नो मन्तव्य राखेकी थिइन् ।
९० विद्यार्थीसहित ४८० जना विरामीहरुको आँखा परीक्षण गरिएको शिविरमा मोतीविन्दु अपरेसनका लागि ३१ जना विरामीहरुलाई छनौट गरिएको शिविर संयोजक रिता चितलांगिया र प्रकाश सरियाले जानकारी दिएका छन् ।

२०७६ सालमा विद्यालयमा स्वच्छ खानेपानीको लागि आर ओ फिल्टर मेसिन लगाएको र यस वर्ष ट्यांकी थप गरी पुनः मर्मत सम्भार गरेको रोटरी क्लब अफ बिर्तामोडले आँखा शिविर आयोजनासंगै स्टेशनरी वितरण गरेपछि विद्यालयले क्लबलाई सम्मानसमेत गरेको छ।
विद्यालयकी पूर्व प्रधानाध्यापक कल्पना दाहालले संचालन गरेको कार्यक्रममा रोटरीका असिस्टेन्ट गभर्नर विनोद बस्नेत,पूर्व अध्यक्षहरु , रोटेरियन र रोट्रयाक्ट सदस्यहरू , स्थानीय ज्येष्ठ नागरिकहरू र अभिभावक संघ अध्यक्ष टंकनाथ खतिवडालगायत अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।