झापा, पुष १३ । लागूऔषध मुद्धाका फरार प्रतिवादी झापा शिवसताक्षी– ४ का २३ वर्षीय लोकबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई हिजो दिउँसो ४.२० बजे इलाका प्रहरी कार्यालय शिवगञ्जको टोलीले वडा नम्बर ४ को डाँडागाउँबाट पक्राउ गरेको हो । लागूऔषध मुद्धामा झापा जिल्ला अदालतको गत चैत २२ गतेको फैसलाले उनलाई ३ महिना २९ दिन कैद सजाय सुनाएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।