झापा,पुष १३ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैमाथि गोली चलाएका छन्।
शुक्रबार साँझ २१ वर्षीय प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेका हुन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए। ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी त्यहाँ एक्लै थिए,’ जिल्ला प्रहरी डिएसपी जोशीले भने, ‘टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’
डिएसपी जोशीका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पु¥याइएको छ।
न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी जोशीको भनाइ छ ।