बिर्तामोड , पुष १३ । प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प खड्का चयन भएका छन् ।

शनिवार बिर्तामोडमा सम्पन्न १० औं जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सह–सचिवद्वयमा लेखनाथ चापागाईं (केशव) र राजन साम्पाङ तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । त्यसैगरी सदस्यमा टिकाराम बास्तोला, भोला तिम्सिना र पर्वत तामाङ रहेका छन् ।

अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । सोही कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय कमिटी सदस्य भवानीप्रसाद दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रीय कमिटी सचिव बिमल लामिछाने, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरेले नवगठित समितिलाई शुभकामना दिएका थिए ।राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्