बिर्तामोड,पुष १३ । नेपाली कांग्रेस झापा गाउँ समितिको भेला शनिवार सम्पन्न भएको छ ।


एकसय दिने विशेष सांगठनिक अभियानअन्तर्गत गाउँ–नगर भेलालाई निरन्तरता दिने क्रममा गाउँ भेला सम्पन्न भएको हो ।भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले झापामा विशेष सांगठनिक अभियान सफलतापूर्वक भैरहेको बताउँदै ४९ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर जिल्ला भेलाको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रतिनिधि एवं पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी, कोशी प्रदेश सांसद लख्खी गणेश , नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य उत्तम चम्लागाई, जिल्ला सदस्य शिव कँडेल, ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाह, गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेबी थपलियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा १ नम्बर वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर–२ का पार्टी सभापति द्वारिका खतिवडा , वडा नम्बर –३ का सभापति रामराज गणेश, ४ का वडा सभापति फरमान अन्सारी, ५ का वडा सचिव , ६ का वडा सभापति मोहन मिश्र, ७ का वडा सभापति तेजबहादुर श्रेष्ठलगायतले वडामा पार्टीको सांगठनिक अवस्था, पार्टीका जनप्रतिनिधि भएको वडा एवं पालिकामा भएका बिकास निर्माणका पहल र आवश्यकताबारे आ–आफ्नो धारणा राखेका थिए ।

नेपाली कांग्रेस झापा गाउँ समितिका सभापति सागिरथ गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ठमनाथ नेपालले गरेका थिए भने संचालन मोहन मिश्रले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्