झापा, पुष १३ । झापाको मेचीनगरमा लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् ।

आज साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नम्बर –९ गैरीगाउँमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सोही ठाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई कोठामा फेला पारी शंका लागेर शरीर चेकजाँच गरी उनको कोठा खानतलासी गर्दा साइकलको हेण्डलको सकअपको प्वालभित्र ५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
त्यस्तै बिभिन्न कम्पनीका मोबाइलहरु थान–५,नगद ५० हजार १५० रुपैयाँ पनि बरामद भएको जनाइएको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।