झापा, पुष १४ । समाचारका कारण झापाली पत्रकारहरुको व्यक्तिगत जीवनमा पर्न गएको असरप्रति प्रतिदिन दैनिकले क्षमा याचना गरेको छ ।

गत पुष १२ गते प्रतिदिनडेली डटकममा प्रकाशित ‘झापाली पत्रकारहरुको यस्तो छ घरजम,किन टिक्दैन वैवाहिक सम्बन्ध ?’ शीर्षक समाचारबाट पत्रकारहरुलाई पर्न गएको असरप्रति गंभीर हुँदै पत्रिकाका सम्पादक इन्द्रसिंह राजवंशीले सम्बन्धित सबै पत्रकारहरुसंग क्षमा याचना गरेका हुन् ।

‘ विभिन्न संचारमाध्यममा कलाकारहरुका बारेमा तस्वीरसहित समाचार प्रकाशित भइरहँदा समाजका विशिष्ट व्यक्तित्व पत्रकारहरुको सार्वजनिक जीवन आम पाठकको चासोको विषय बन्नसक्ने भनेर कुनै नियत नराखी समाचार प्रकाशित गरिएकोमा त्यसबाट सकारात्मक र नकारात्मक दुवै किसिमको प्रतिक्रिया आएकाले त्यस विषयमा बहस गर्ने जिम्मा पत्रकारजन्य संगठन र आम पाठकहरुलाई छोड्दै ती पत्रकारहरुको व्यक्तिगत जीवनमा पर्न गएको आँचप्रति प्रतिदिन दैनिक परिवार माफी माग्न चाहन्छ ’ सम्पादक राजवंशीले भनेका छन् ।

उनले सम्बन्धित केही पत्रकार साथीहरुसंग अनुमति लिएर त्यो समाचार लेखेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्