झापा, पुष १६ । झापाको बिर्तामोड नगरपालिका वडा नं ७ मियावारीमा आज बिहानै आगलागी भएको छ ।
लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो । बिहान अन्दाजी ४.४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ ।साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।
बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६.५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कार्यालयले जनाएको छ ।