झापा , पुष १८ । इलाममा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

गएराति ९.४५ बजे इलाम सूर्योदय नगरपालिका १२ तीनघरे बजारमा ब्राउनसुगरसहित इलाम नगरपालिका ६ गढी बस्ने २४ वर्षीय सन्तोष मगर पक्राउ परेका छन् ।

पक्राउ परेका मगरले आफूसंग पाँच ग्राम ब्राउनसुगर रहेको बताएका छन् । बरामद ब्राउनसुगर तौल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्