
यो भीडभित्र धेरै कुरा, बुझ्न सकिएन
मुखमा जिब्रो हो कि छुरा, बुझ्न सकिएन
समय नै उस्तो हो कि ,तिमी त्यस्तो भयौ
रातो सिन्दुर , सेता चुरा, बुझ्न सकिएन
कहिले घर यता भन्छौ ,कहिले उता भन्छौ
बाजुरा कि डडेल्धुरा ? बुझ्न सकिएन
एकपछि अर्को गर्दै लुटिंदैछन् स्वप्नहरु
कहिले हुन्छ यो क्रम पूरा ,बुझ्न सकिएन ।।