कुमरखोद , पुष १९ । झापा गाउँपालिका वडा १ लसुनामा रहेको अमरसिंह प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सुुरुङ्गा जेसीजले न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको छ ।

चिसो मौसम सुरु भएसंगै ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत निम्न आय भएका परिवारका छोराछोरीहरु जाडोकै कारण पठनपाठनबाट बन्चित हुनु पर्ने अबस्थाबाट थोरैलाई भएपनि राहत मिलोस् भन्ने उद्धेश्यले शुक्रबार सुुरुङ्गा जेसीजले अमरसिंह प्राविका १ सय १० जना विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो ।

श्रेष्ठ ज्वेलर्स सुरुङ्गाका संचालक प्रविन श्रेष्ठ , सपना श्रेष्ठका आमा चन्दा श्रेष्ठले स्वर्गीय पति गौरीलाल श्रेष्ठको स्मृतिमा गरिएको विशेष सहयोग र सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरुबाट सो सहयोग प्रदान गरिएको सुरुङ्गा जेसीजका बर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक राजुले जानकारी दिए ।

सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गा पाठक राजुको अध्यक्षता तथा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रम संयोजक सुरुङ्गा जेसीजका संचार संयोजक जेनिस चौलागाईंले मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मान्यतालाई लिएर जेसीजले गर्दै आएको विभिन्न सामाजिक कार्यअनुसार न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष थपलिया ,जेसीजको पूर्व अध्यक्षका तर्फबाट उषा उदुका उप्रेतीलगायतले बोलेका थिए । कार्यक्रममा लायन्स क्लव झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह , वडा नं. १ का वडा अध्यक्ष राजकुमार यादव , कार्यपालिका सदस्य रुपलाल गणेश , जेसीजका पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल , मोतिखर ओझा , शिवकुमार कँडेल , प्रस्तावित झापा जेसीजका अध्यक्ष मुकेश शाह , सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुमन कार्की , रेडक्रस उपशाखा कुमरखोदका पूर्व सभापति सुन्दरलाल गणेश, उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका वरिष्ठ उपाध्यक्ष मनोज गणेश , समाजसेवी टंक विकलगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको संचालन जेसीजका महासचिव रिसवसिंह चहारले गरेका थिए । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्