झापा,पुष २० । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति निधन भएको छ । काठमाडौंको सरस्वतीनगरस्थित निवासमा राति करिब ११ बजे अकस्मात् ढलेका उनलाई उपचारका लागि चाबहिलस्थि हेल्पिङह्याण्ड अस्पताल लगिएको थियो ।
तर अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का ३३ वर्षीय पुडासैनी नेपाल भ्यूज अनलाइनमा उपसम्पादककारुपमा कार्यरत थिए ।
उनी प्रेस चौतारी नेपालको एशोसिएट प्रदेश उपाध्यक्ष समेत हुन् । उनी यसअघि माउन्टेन टेलिभिजन, हिमालयन टाइम्स दैनिक, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण लगायतमा काम गरेका थिए । उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्