झापा,पुष २४ । भारत असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा नेपालका एकसहित ९ जना श्रमिक थुनिएका छन् ।

थुनिनेमा उदयपुरका गंगाबहादुर श्रेष्ठ रहेका छन् । थुनिनेमध्ये तीनजनाको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि मृतकहरुको शव फेला पर्न सकेको छैन । खानीभित्र थुनिनेहरु २६ देखि ५७ वर्षसम्मका रहेका छन् ।

उनीहरु असम , पश्चिम बंगाल र नेपालका रहेका छन् । उदयपुर नेपालका गंगाबहादुर श्रेष्ठ , भारत पश्चिम बंगाल जलपाइगुरीका कृष्ण पद सरकार ,असमका हुसैन अली , जाकिर हुसैन , मुस्तफा शेखलगायतका श्रमिकहरु खानीभित्र थुनिएको भारतीय संचारमाध्यमले जनाएका छन् । खानीभित्र थुनिएकाहरुको उद्धार गर्न नौसैनिक परिचालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्