झापा, पुष २४ । सुनसरी र खोटाङमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।
गएराति १०.२० बजे धरान उपमहानगर.–१६ स्थित धरान डेको मेलामा फेसबुकको विषयलाई लिएर विवाद हुँदा नाम, थर, वतन नखुलेका व्यक्तिले धरान १६ बस्ने १८ वर्षीय समीर तामाङलाई खुकुरी प्रहार गरेका थिए । टाउको,हातमा चोट लागेर घाइते भएका तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्ति हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो बिहान १०ः४० बजे खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ हाबु बस्ने २१ वर्षीय मनिष राईले गैरी फुलेली बस्ने ५९ वर्षीय शंखरमान राईलाई खुकुरी प्रहार गरेका थिए । तामाङको टाउकोको पछाडि भागमा अन्दाजी ३ ईन्च जति काटेको छ भने खुकुरी हान्ने मनिषको दाहिने हातको हत्केलामाथि काटिएको छ । दुबै जनालाई उपचारका लागि स्थानीय सनराईज हेल्थकेयरमा भर्ना गरिएको थियो । खुकुरी र खुकुरी प्रहार गर्ने मनिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।